खेल

आर्मीका खडक र बागमतीकी सन्तोषीलाई नेपालगन्ज म्याराथनको उपाधि

नेपाल आर्मीका खडकबहादुर खड्का र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं नेपालगन्ज म्याराथनको उपाधि जित्न सफल भएका छन्। पुरुषतर्फ उपाधि जितेका खड्काले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेण्डमा पार गरेका हुन्। यस्तै पुरुषतर्फ आर्मीकै नरेन्द्रसिंह रावत दोस्रो र मोहनदेव जोशी तेस्रो भए।  

रावतले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेण्ड पार गरेका थिए, भने जोशीले निर्धारित दुरी पार गर्न २ घण्टा २४ मिनेट ३६ सेकेण्ड लगाएका थिए। महिलातर्फ उपाधि जित्ने क्रममा सन्तोषीले निर्धारित दुरी एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गरे।  

यसैगरी दोस्रो बनेकी भारत देहरादुनकी अन्जली चौहानले एक घण्टा २५ मिनेट १५ सेकेण्डमा दुरी पार गरिन् भने बागमतीकै अन्जु खड्का एक घण्टा ३६ मिनेट ४५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन्।

प्रकाशित: २४ मंसिर २०७९ ०७:३४ शनिबार

नेपाल आर्मी म्याराथन