खेल

विश्व कप फुटबल: आज फ्रान्स र पोल्याण्ड तथा इंग्ल्याड र सेनेगलबीच प्रतिस्पर्धा हुँदै

कतारमा जारी फिफा विश्वकप २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेल हुँदै छ।

नेपाली समय अनुसार  आज राति ८ः४५ बजे अल थुमामा रंगशालामा  विश्व विजेता फ्रान्स र पोल्याडबीच खेल हुनेछ। साविकको विजेता फ्रान्स जितको लक्ष्यसहित मैदान उत्रदै उपाधि रक्षा अभियानलाई बलियो पार्न चाहन्छ। बर्ट लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्याड  पनि फ्रान्सलाई स्तब्ध पार्दै क्वाटरफाईनलमा स्थान सुरक्षीत पार्न चाहन्छ।

यस विश्वकपमा सुरुवाती दुई खेलमा जित निकाल्दै राम्रो सुरुवात गरेको फ्रान्स अन्तिम खेलमा दोस्रो रोजाइको टोली उर्तादा ट्युनिसियासँग १–० ले पराजित भएको थियो। समूह सी बाट उपविजेता बनेर अन्तिम १६ मा पुगेको  पोल्याडले समूह चरणमा  साउदी अरेबियालाई हराउँदै  अर्जेन्टिनासँग हार र मेक्सिकोसँग बराबरी खेलेको थियो। फ्रान्स र पोल्याडबीच हालसम्म १६ पटक प्रतिस्पर्धा भएको छ। ८ पटक फ्रान्स विजयी हुँदा पोल्यान्डले ३ खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ।  

त्यसै गरी  नेपाली समय अनुसार आज राती  पौने एक बजे इंग्ल्याड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ। खेल कतारको अल बायत मैदानमा हुनेछ। गेराथ साउथगेटको प्रशिक्षणमा रहेको  इंग्ल्याड समूह चरणमा २ जीत र १ बराबरी संगै ७ अंक बटुलेर  समूह बी को विजेता बन्दै नट आउट चरणमा पुगेको हो। अफ्रिकन च्याम्पियन सेनेगल भने समूह चरणमा २ जीत र  १ हार संगै ६ अंकका साथ समूह ए को उप विजेता बन्दै नक आउट चरणमा पुगेको  हो।  

प्रकाशित: १८ मंसिर २०७९ ११:०३ आइतबार

फिफा विश्वकप २०२२