खेल

आईसीसी विश्वकप लिग-२: नेपाल र स्कटल्याण्ड भिड्दै

आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज आइतबार स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ।

नामिबिया भ्रमणमा नेपालले दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेल नेपालको ब्याटिङको पारी सकिएसँगै पहिलो ओभरको ४ बलमा ४ रन बनाएर खेलिरहेको नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो। नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट शुरु हुनेछ।  

यो सिरिजमा दुवै देशले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्। पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो। नेपालले भने आफ्नो पहिलो खेल वर्षाले प्रभावित पारेपछि घरेलु टोलीसँग अंक बाँडेको थियो। यस सिरिजमा नेपाल,नामिबिया र स्कटल्याण्डको सहभागीता छ। नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन्। एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ।

प्रकाशित: १८ मंसिर २०७९ ०३:३९ आइतबार

आईसीसी विश्वकप लिग-२