लेखनाथ क्योकुशिन–कान करातेले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कनट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण जितेका छन्।
पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिषेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे।
पुरुष ४० के.जी तर्फ वसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पराजित गर्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले कास्य पदकमा खुम्चिए। ३५ के.जी तौल समूह पुरुष तर्फ अमर थापाले प्रतिक घलेलाई पराजित गर्दै स्वर्ण जिते भने मनोज राना र सञ्जन गुरुङले कास्यमा चित्त बुझाए। ३० के.जी तौल समूहमा पुरुष तर्फ शिविर थापा पहिलो, अगम भुजेल दोस्रो भए भने रिजस गुरुङ र अनमोल गुरुङले तेस्रोमा चित्त बुझाए। २५ के.जी तौल समूहमा एन्स रोका पहिलो रायन नेपाली दोस्रो भने सुलभ बिक र कमल तामाङ तेस्रो भए।
प्रतियोगितामा महिला तर्फको ३० के.जी तौल समूहमा साङ्छु तामाङ लाई पराजित गर्दै प्रिन्स्मा नेपालीले स्वर्ण जित्दा ज्योत्स्ना थापा र क्रिस्टिना गुरुङले कास्यमा चित्त बुझाए।
महिला ४० के.जी तर्फ सुहाना श्रेष्ठले दिलमाया बुढा मगर लाई हराउँदै स्वर्ण पदक हात पार्दा सुवाली श्रेष्ठ र आयुषा पन्थी तेस्रो भए। महिला ५० के.जी तर्फ पल्लबी नेपाली प्रथम हुँदा मन्दिपा के.सी दोस्रो भइन साथै दिप्ती थापा र खुस्बु पुन तेस्रो भए।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी महिला ५५ के.जी तौल समूहकी धनी राना मगर र ४० के.जी तौल समूहका अभिषेक तामाङलाई नगदसहित सम्मान गरिएको थियो।
प्रकाशित: १७ मंसिर २०७९ १६:१३ शनिबार