खेल

आईटिएफ जे-५ सर्किट १ : चाईनिज ताईपेईका हङ र भारतकी दुर्गाङ्सी च्याम्पियन

पोखरामा आयोजित अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ) जुनियर ५ टेनिस प्रतियोगिताको सर्किट १ को उपाधि चाईनिज ताईपेईका केहाउ हङले जितेका छन्। पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा हङले चाईनिज ताईपेईका चेन हुईहोलाई ६–०, ६–१ सोझो सेटले पराजित गर्दै सर्किट १ च्याम्पियन बनेका हुन्।  

नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमारले भारतकै श्रीनिधी बालाजीलाई ६–४ र ७–६ ले पराजित गरिन्।

प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका सागर कुमार र स्वस्तीक शर्मााको जोडीले कोरियाका डोङ योङ युम र मलेसियाका केगन केथ जोनाथन जोडीबाट वाकओभर पाउँदै विजयी बने। त्यस्तै, महिला डबल्सफर्त भारतका श्रीनिधी बालाजी र लक्ष्मीश्री डण्डुको जोडीले भारतकै काइरा सिद्धार्थ चेत्नानी र दुर्गाङसी कुमार जोडीसंगको अन्तिम भेटमा ६–२, ६–२ को सहज जित निकाल्दै च्याम्पियन बने।  

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्गले पुरस्कृत गरे। पुरस्कार वितरण समारोहमा बोल्दै समापन समारोहका विशेष अतिथि खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले टेनिस खेलले गण्डकी प्रदेशकै खेलकुदको शान उँचो पारेको बताए। अन्र्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरुले खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पु¥याएको उनले बताए। प्रतियोगितामा विभिन्न ९ राष्ट्रका ९८ खेलाडीले सहभागिता जनाएका थिए। आईतबारदेखि सर्किट २ अन्तर्गतका प्रतियोगिता सञ्चालन हुने छ।  

प्रकाशित: १७ मंसिर २०७९ ११:३९ शनिबार

पोखरा रंगशाला पोखरा अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ) जुनियर ५ टेनिस प्रतियोगिताको सर्किट १