खेल

विश्वकप फुटबलः आजदेखि नकआउट चरणका खेल हुने

विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ। समूह चरणको खेल सकिएसँगै आजदेखि नै नकआउट चरणका खेलहरु सुरु हुन लागेको हो।  

आज अन्तिम १६ को दुई खेल हुनेछन्। जहाँ समूह ए को विजेता नेदरल्याण्ड्स र समूह बी को उपविजेता अमेरिकाबीच पहिलो खेल हुनेछ। यो खेल खालिफा इन्टरनेशनल स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ।

यस्तै समूह सी को विजेता अर्जेन्टिना र समूह डी को उपविजेता अष्ट्रेलियाबीच दोस्रो खेल हुनेछ। यो खेल अहमद बिन अली स्टेडियममा पौने १ बजे सुरु हुनेछ।

नेदरल्याण्ड्स र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलियाबीच हुने खेलको विजेता पहिलो क्वाटरफाइनलमा भिड्नेछन्।

प्रकाशित: १७ मंसिर २०७९ ०७:२६ शनिबार

विश्वकप फुटबल नकआउट चरण