खेल

विश्वकप क्रिकेट लिग-२: नेपाल र नामिबिया भिड्दै

नामिबियामा बिहीबारबाट शुरु विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले पहिलो खेल आज खेल्दैछ। पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियाको सामना गर्न लागेको हो।  

नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट शुरु हुनेछ। सिरिजमा नेपाल,नामिबिया र स्कटल्याण्ड छन्। नेपाल र नामिबियाबीच अहिलेसम्म दुई एकदिवसीय अन्तराष्ट्रिय भएको छ। जसमा दुवै खेल नामिबियाले जितेको छ।

६ टोली सहभागी विश्वकप लिग २ मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ। नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा छ। बिहिबारबाट शुरु यस सिरिजमा नामिबिया पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो। नेपाल भने जितसहित सिरिजको शुरु गर्न चाहन्छ।

प्रकाशित: १६ मंसिर २०७९ ०३:४१ शुक्रबार

विश्वकप लिग-२