कतारमा जारी विश्वकप फुटबलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ।
शनिबार कतारको अल जानौब रंगशालामा भएकाे समूह ‘डी’ अन्तर्गतकाे खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले हराएकाे हो। खेलको २३औँ मिनेटमा मिचेल डुकले गरेको गोल नै अस्ट्रेलियाका लागि जितमा पर्याप्त बन्यो।
जितसँगै अस्ट्रेलियाले पहिलो जित निकालेको छ। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको छ। यता पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै एक अंक जोडेको थियो।
प्रकाशित: ११ मंसिर २०७९ ००:४६ आइतबार