खेल

डेनमार्कलाई हराउँदै फ्रान्स अन्तिम १६ मा प्रवेश

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ मा फ्रान्स डेनमार्कलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ।

शनिबार राति समूह (डी) को खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गाेल अन्तरले हराएको हो। फ्रान्सलाई जिताउन  केलियन एमबाप्पेले दुई गोल गरे। डेनमार्कका लागि क्रिस्टेन्सनले एक गोल गरे।  लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।

खेलको ६१ औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई पहिलो अग्रता दिलाए। त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।  

बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि एन्टोनी ग्रिजम्यानको पासमा एमबाप्पले विजयी गोल गरे।  

समूह डीको खेलमा शीर्ष स्थानको फ्रान्सले ६ अंक जोडेको छ। अष्ट्रेलिया तीन अंक जोडेर दोस्रो स्थानमा छ। डेनमार्क र ट्युनेसिया समान एक अंक सहित क्रमश तेस्रो र चौथो स्थानमा छन्।

प्रकाशित: ११ मंसिर २०७९ ००:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App