खेल

काठमाडौंका विभिन्न स्थानमा वर्ल्डकप प्रदर्शन गर्दै रोयल ब्लू, विजेतालाई थाइल्याण्ड घुम्ने मौका

नेपालमा वर्ल्डकपको रौनक छाएको छ। सबैले आ-आफ्नो मनपर्ने टोलीको लागि समर्थन गरिरहेका छन्।  

त्यसैले विश्वकपको सबैभन्दा ठूलो पर्व सागर डिस्टिलरी ब्रान्ड रोयल ब्लूले विश्व कप खेलहरू विभिन्न स्थानमा प्रदर्शन गर्न काठमाडौंका विभिन्न युवा क्लबहरूसँग सम्झौता गरेको छ।

रोयल ब्लूले सोही स्थानहरुमा प्रेडिक्ट एण्ड वइन प्रतियोगिता पनि सञ्चालन गरिरहेको छ। जसमा एक भाग्यशाली विजेताले थाइल्याण्डमा छुट्टीको यात्रामा जाने मौका पाउने छन्।

रोयल ब्लूका मार्केटिङ प्रमुख ऋतिक शाहीका अनुसार स्थानीय समुदायहरूले आफ्ना साथीहरू र परिवारसँग वर्ल्डकप स्क्रिनिङको आनन्द लिइरहेका छन्र तिनीहरू थाइल्याण्ड छुट्टी यात्रा जित्ने मौका पाउँदा उत्साहित छन्।

प्रकाशित: ८ मंसिर २०७९ १०:२२ बिहीबार

वर्ल्डकप रोयल ब्लू