खेल

नेपालले जित्यो युएईविरूद्धको सिरिज

नेपालले एकदिवसीय शृंखलाको उपाधि जितेको छ। नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो।  

यूएईलाई ६ विकेटले हराएसँगै तीन खेलको एकदिवसीय शृंखला नेपालले २–१ ले जित्यो। यसअघि पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा तीन विकेटको जित निकालेको थियो।

शुक्रबार त्रिवि मैदानमा सम्पन्न तेस्रो तथा निर्णायक एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा युएईले दिएको १७७ रनको लक्ष्य ४०.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्ने क्रममा ओपनर आशिफ र तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्रले अर्धशतकीय योगदान गरे।

यूएईलाई ६ विकेटले हराएसँगै तीन खेलको एकदिवसीय शृंखला नेपालले २–१ ले जित्यो । यसअघि पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा तीन विकेटको जित निकालेको थियो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक रन जोडे। उनले नटआउट ८८ रन जोडे। उनले  ११९ बल खेल्दै १२ चौका प्रहार गरे। ओपनर अर्जुन साउद ९ रनमा आउट भए। कप्तान रोहितकुमार पौडेल १० रन र दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। दुवै जना रनआउटको सिकार बने।  

टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको युएई ५० ओभरमा ९ विकेटको क्षतिमा १७६ रन जोड्यो। ३२ ओभर चल्दै गर्दा ९३ रन बनाउँदा ९ विकेट गुमाएको युएईका लगि आयन खानले नटआउट ५४ रन जोडे भने हजरत विलालले २० रन जोडे। दुईबीच दशौं विकेटका लागि १७.५ बलमा नटआउट ८३ रनको साझेदारी भयो।  

बलिङमा नेपालका गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिए। सोमपाल कामी र ललितनारायण राजवंशीले १-१ विकेट लिए।

प्रकाशित: २ मंसिर २०७९ १०:५२ शुक्रबार

एकदिवसीय शृंखला