खेल

नेपालले पायाे १ सय ७७ रनको लक्ष्य

युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जितका लागि १ सय ७७ रनको लक्ष्य पाएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो।

युएईका लागि आयन अफजल खानले अविजित ५४ रनको अर्धशतकीय इनिङ खेले। हजरत बिलालले अविजित २०,अलिशन शराफुले सर्वाधिक ३३, रोहन मुस्तफाले २४ र मुहमद वासिमले ११ रन बनाए।

९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे।

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १र१ विकेट लिए। सोमपाल कामी र ललित राजवंशीले १र१ विकेट लिए।

आज दुवै टिम जित निकाल्दै सिरिज जित्ने योजनामा रहेका छन्। सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो। तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो।

प्रकाशित: २ मंसिर २०७९ ०७:१३ शुक्रबार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट