समाज

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, १० घाइते

पर्वतको जलजला गाउँपालिका–३, भुर्तुलाको भिरमुनीमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

म्याग्दीको सदरमुकाम बेनीबजारबाट जलजला–२ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ दुर्घटना हुँदा १ जनाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ग १ ज ५२९६ नं को बोलेरो जीपका चालक जलजला–२ का ३० बर्षिय डम्बर बहादुर नेपालीको मृत्यु भएको हो।

उकालोमा  ब्रेक फेल हुँदा जीप अनियन्त्रित भएपछि सडकबाट करिब डेढसय मिटर तल खसेको थियो। जिपमा सवार घाईतेमध्ये र्सिजना परियार, १५ बर्षिय आषिश परियार र ३० बर्षिय सुमन परियारलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । कुल ११ घाईतेमध्ये विनिता र ममता परियारको अवस्था सामान्य छ।

केही घाईतेहरुका शरीरमा चोट लागेको छ भने केही सामान्य घाईते भएकाहरु थप उपचारपछि घर फर्किएको पर्वत मिलनचोक प्रहरी चौकीका हवल्दार धनशिंह कुँबरले बताए। घाइेत हुनेहरुमा जलजला २ की १५ वर्षीय आशिस नेपाली, वर्ष ३० को सुमन नेपाली,उमेर नखुलेकी सिर्जना परियार, वर्ष १५ को सपना परियार,२० को प्रियङ्का बोहोरा,वर्ष ४० को माया दमाई,१३ को यसोदा परियार,२३ को रोजन सिंह रत्न,१० को नविन बर्देवा,१२ को सन्देश रत्न र वर्ष १४ को अजित नेपाली रहेका छन्। उकालो र साघुरो सडक भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

एक्कासी उकालोमा बोलेरो स्टार्ट नभएपछि ब्रेकले काम नगरे पश्चात दुर्घटना भएको घाईते अजित परियारले बताए। ‘स्टार्ट बन्द भएपछि चालक आत्तिनुभयो, सम्हाल्न नसक्दा सडकबाट खस्यो’ घाईते परियारले भने। जिप दुर्घटना भएपछि बोलेकोको छतमा बसेका केही यात्रु हाम फालेका थिए। जिपमा बनभोजका लागि सामान किन्न आएका स्थानीय विद्यालयका विद्यार्थीहरु समेत थिए। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पर्वतबेनीदेखि मल्लाज जाने उक्त सडक निकै जोखिम मानिन्छ। निकै जोखिम सडक भएको र चालकको समेत उक्त सडकमा अनुभव कम भएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: ३० कार्तिक २०७९ १६:२९ बुधबार