समाज

मंसिर ४ गते उपत्यकामा अति आवश्यक बाहेकका सवारी साधन बन्द हुने

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन काठमाडौं उपत्यकामा अति आवश्यक बाहेकका सवारी साधन बन्द हुने भएको छ।  

काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निर्वाचनलाई लक्षित गर्दै ४ गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म उपत्यकामा अति आवश्यक बाहेकका सवारी साधन बन्द हुने बताए।  

निर्वाचन आयोगले तोकेका बाहेक अन्य सवारी साधन सञ्चालन नहुने उपाध्यायको भनाइ छ।  

प्रकाशित: ३० कार्तिक २०७९ ०८:५४ बुधबार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन