समाज

रौतहटको टेंग्राहामा आगलागी हुँदा लाखौँको क्षति

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। फतुवा विजयपुर ४ टेंग्राहामा एउटा फुसको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हो।

टेंग्राहाका इनरजित राय यादवको घरमा आगो लागेपछि घरमा रहेको लत्ताकपडा, अन्नपात, भाँडाकुँडा, गरगहना, खाने चामल डढेको छ। घर र सामान गरी करिब ५ लाख रुपैया बराबरको सम्पत्ति जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ।  

जाडोको महिना भएको र लामखुट्टे धपाउनको लागि बालिएको घुरबाट आगो सल्किएको हुन सक्ने पीडित यादवले बताएका छन्। आगो लागेर आफ्नो सर्वस्व नै बर्बाद भएको यादवको भनाइ छ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय तथा पशुधनको क्षति नभएको प्रहरीको भनाइ छ।

प्रकाशित: २७ कार्तिक २०७९ १३:२२ आइतबार

फतुवा बिजयपुर नगरपालिका