समाज

सल्लाघारीमा कार र मोटरसाईकल ठोक्किंदा एक जनाको मृत्यु

भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पताल नजिक कार र मोटरसाईकल एकआपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ।  

सल्लाघारीबाट सैनिक स्कुलतर्फ आउदै गरेको बा ७ च ०८१५ नं को कारले सैनिक स्कुल हुँदै सल्लाघारीतर्फ जादै गरेको बागमति प्रदेश –०२–०२८ प ७३९२ नं को मोटरसाईकललाई ठक्कर दिंँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक पाुचखाल नगरपालिका वडा नं. १ बस्ने वर्ष २३ को सन्दिप वस्नेतको मृत्यु भएको हो।  

दुर्घटनापछि नजिकै रहेको डा.इवामरा हस्पिटल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। दुर्घटनामा संलग्न दुबै सवारीसाधन र कार चालक भक्तपुर नगरपालिका वडा न नं. ४ पोटरीस्क्वायर बस्ने वर्ष २० को आयुष कायस्थ परिसर भक्तपुरको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।  

प्रकाशित: २७ कार्तिक २०७९ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App