समाज

कोरोना संक्रमणपछि बल्ल खुल्यो नेपाल–भारत नाका

कोभिड १९ को संक्रमणसँगै बन्द भएको नेपाल–भारत सिमाक्षेत्रको गौर–बैरगनिया नाका मंगलबारदेखि सूचारु गर्ने सहमति भएको छ। विश्वभर नै कोभिड १९ को संक्रमण फैलिन थालेपछि सरकारले देशको सम्पूर्ण अन्तराष्ट्रिय सिमानाकाहरु बन्द गरी सवारी अवागमनमा रोक लगाएको थियो।

सोही अनुरुप रौतहट सदरमुकामसँगै जोडिएको गौर–बैरगनिया नाका पनि बन्द भएको थियो। कोभिडको असर कम भएपछि सरकारले नाका सूचारु गर्दा सर्वसाधारणहरु पैदल आवत-जावत गर्दे आएपनि भारतीय पक्षले सार्वजनिक सवारी साधनको अवागमनमा रोक नै लगाएको थियो।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीको मलङवा स्थित कुसुम पौलेस होटेलमा मंगलबार बसेको दुई देशीय सुरक्षा समितिको बैठकबाट लामो समयदेखी बन्द रहेको गौर–बैरगनिया नाका सूचारु गर्ने सहमति भएको बैठकमा सहभागी रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताएका छन्।

दुवै देशका सुरक्षा निकायको काउण्टर पार्टको बैठकमा लामो समयदेखी भारतीय बजारसम्म नेपालबाट चल्ने सार्वजनिक सवारी साधनमा रोक लगाएको कारण स्थानीयहरु पैदल भारतीय बजारसम्म सास्तीपूर्ण यात्रा गर्न बाध्य थियो।  

कोभिडको कारण सदरमुकाम गौरबाट भारतको बैरगनिया बजारसम्म चल्ने रिक्सा, टाँगा, टेम्पु लगायतका सार्वजनिक सवारी साधनहरुलाई भारतीय सुरक्षा निकायले अवत जावतमा प्रतिबन्ध लगाएको थियो। बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको विषेश पहलमा नाका सूचारु गर्न बैठकमा प्रस्ताव राखेपछि भारत सितामढीका डिएम मनिषकुमार मिणाले नाका सुचारु गर्ने सहमति जनाएको प्रजिअ शाहीले बताए।

अपराधिक गतिविधि नियन्त्रण डाकिएको सीमा बैठक सम्पन्न

मंसिर ४ मा हुन गइरहेको निर्वाचनलाई मध्य नजर गर्दै सिमा क्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियण्त्र गर्नका लागि नेपाल–भारत सीमाक्षेत्रका दुई देशीय सुरक्षा अधिकारीहरुबीचको बैठक सम्पन्न भएको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरक्षालाई मध्य नजर गर्दै महोत्तरी, सर्लाही र रौतहटको सीमा क्षेत्रबाट हुने गलत तत्वहरु माथि कडाइका साथ निगरानी राख्न काउण्टर पार्ट भारत विहार सीतामढीका सुरक्षा अधिकारी सम्मिलित “जिल्ला स्तरिय सीमा समन्वय बैठक”मा ६ बुंदे विषयमा गहन छलफल भएको बताइएको छ।

मंसिर ४ मा हुन गईरहेको निर्वाचनलाई लक्ष्ति गरेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पर्ने, सीमा क्षेत्रमा हाल रहेको सुरक्षा व्यवस्थाको समिक्षा गरिने, अन्तराष्ट्रिय सीमा स्तम्भहरुको अवस्थाबारे अवलोकन गर्ने, मानव बेचविखन तथा लागूऔषधको ओसार-पसारमाथि सुक्ष्म निगरानी राख्ने, विभिन्न अपराधीक गतिविधिलाई नियन्त्रण गर्ने र अपराधिक गतिविधिलाई नियन्त्रण गर्नमा दुवै देशका सुरक्षाकर्मीहरु एक आपसमा सहयोगात्मक कार्यमा सहयोग गर्ने विषयमा गहन छलफल भइ दुबै देशका सुरक्षा अधिकारीहरुले प्रतिबद्धता गरिएको रौतहटको प्रमुख जिल्ला अधिकारी शाहीले बताए।

बैठकमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, एसपी प्रविण पोखरेल, सशस्त्र एसपी भरत खनिया, राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन झा, महोत्तरीका प्रजिअ दीपककुमार पहाडी, एसपी कृष्णप्रसाद पंगेनी, सशस्त्र एसपी दिपेन्द्र गिरी, राष्ट्रिय अनुसन्धानका प्रमुख अभिनय सिंह तथा रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, एसपी विरबहादुर बुढा मगर, सशस्त्र एसपी ध्रुवबहादुर कार्की, राष्ट्रिय अनुसन्धान प्रमुख मुकुण्ड खड्काको उपस्थिति रहेका थिए भने सीमा पारी सीतामढी जिल्लाका डिएम मनिषकुमा मिण, एसएसबिका २०औँ बटालियनका प्रमुख मृतुन्जय कुमार, ५१ औ बटालियन कमाण्डर राजन श्रीवास्तव र सीतामढीका एसपी हर किशोर राय लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: २२ कार्तिक २०७९ १२:४१ मंगलबार

कोभिड १९ को संक्रमण नेपाल–भारत सिमाक्षेत्र गौर–बैरगनिया नाका नेपाल–भारत नाका