समाज

भरूवा बन्दुकसहित एक जना पक्राउ

गौरीशंकर गाउँपालिका–६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई एक थान भरूवा बन्दुकसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

सामान्य बादबिबादमा भरुवा बन्दुक झिकेपछि उनलाई इलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई गाउँघरमा लुकीछिपी बसेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७९ १५:४४ सोमबार

भरूवा बन्दुक