समाज

निर्वाचनमा पत्रकारको भुमिका महत्वपुर्ण

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई मर्यादित बनाउन पत्रकारको महत्वपुर्ण भुमिका हुनुपर्ने रौतहटका जिल्ला मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनिले बताएका छन्। 

जिल्ला निर्वाचन कार्यालय रौतहटद्धारा आयोजित निर्वाचनमा संचारमाध्यमको भुमिका विषयकाे अभिमुखि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत मरासिनीले आशन्न निर्वाचनमा आचारसंहिताको पूर्ण रुपमा पालना गराउदै निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण रुपमा सम्पन्न गराउनमा संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने गरेको बताए।  

कसैको पक्षविपक्षमा नलागि स्वतन्त्र रुपमा निर्वाचनलाई स्वच्छ ढंगबाट सम्पन्न गराउनमा संचारमाध्यमको भूमिका अहम हुने भएकाले सूचनाहरु यथार्थमा रहेर सहि सूचना प्रवाह गर्न मुख्य निर्वाचन अधिकृत मरासिनिले बताए।  

अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले संचारकर्मीहरु पेशागत हितलाई ध्यानमा राखि जनतालाई जागृत बनाउनु पर्ने सुझाब दिए। संचारकर्मीले पालना गर्नुपर्ने निर्वाचन ऐन कानुनको उलंघन नगर्न, पत्रकारिता गर्दा परिपक्वता देखाउनु पर्ने, समाज प्रतिको दायित्व पूरा गर्नुपर्ने, केही साथिहरु समाजिक संजालमा समाजमा खलल पुर्याउने काम गरिरहेकोले तिनिहरु सचेत हुनु पर्ने र कानुनी राज्यको पालना गर्न र गराउन सञ्चारकर्मीको भुमिका अति नै सराहनीय भएको हुँदा निर्वाचनलाई सफल बनाउन शाहीले आग्रह गरे।

जिल्ला सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेकाे कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले मिडियाकर्मीले पालना गर्नुपर्ने भिडियो मार्फत स्लाइडहरु प्रस्तुत गरेका थियो।  

प्रकाशित: २० कार्तिक २०७९ १०:०७ आइतबार