समाज

खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सिगास गाउँपालिका–४ बरमका करिब ४५ वर्षीया गौरा बोहराको मृत्यु भएको स्थानीय मीनबहादुर बोहराले बताए।  

खर काट्नका लागि शनिबार बिहानै घर नजिकैको सिउँडाधार भन्ने भीरबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए।

अहिले बैतडी लगायत पहाडी जिल्लामा खर काट्ने चटारो चलिरहेको छ। हिउँदमा गाईवस्तुका लागि खर काटेर सुकाएर राख्ने गरिन्छ। खर काट्ने क्रममा भीरबाट लडेर बर्सेनि धेरैले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ।

प्रकाशित: १९ कार्तिक २०७९ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App