समाज

भारतमा काम गर्ने एक युवकको अरिङ्गालको टोकाइबाट मृत्यु

अरिङ्गालको टोकाइबाट बैतडीका एक युवकको मृत्यु भएको छ। 

कामको  सिलसिलामा भारतको पिथौरागढमा रहेका बैतडीको सिगास गाउँपालिकाका–६ जडानीकोटका ३२ वर्षीय हरिभान धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।

बिहीबार साँझ उनको मृत्यु भएको बताइएको छ। भारतको पिथौरागढ जिल्लास्थित गिरेगडा भन्ने स्थानमा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका  धामीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मृतकका आफन्तले बताएका छन्। साँझ खाना खाएर कोठातर्फ गइरहेका बेला बाटोमा नै उनलाई अरिङ्गालले टोकेको थियो।

प्रकाशित: १९ कार्तिक २०७९ ०८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App