समाज

सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ,पक्राउ पर्नेमा ५ जना १७ वर्ष मुनिका बालक

रुपन्देहीमा किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ परेका छन। दुई जना किशोरीलाइ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।  

बुधबार राती रुपन्देहीको कञ्चन गाँउपालिका २ स्थित गोफलापुरमा १५ र १६ वर्षका दुई जना किशोरीलाई समूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाइ पक्राउ गरीएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले जानकारी दिए। पक्राउ पर्नेमा १४÷१५ वर्षका बालक समेत छन।  

घटनामा संलग्न सैनामैना नगरपालिका १० का १८ वर्षका बबि पाण्डे,२६ वर्षका रामबहादुर बिक सैनामैना ११ बनकटटीका १९ वर्षका पदम कार्की,गैडहवा ८ का १८ वर्षका राहुल परियार सहित ९ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी नायव उपरिक्षक अर्यालले बताए।  

पक्राउ परेका ५ जना १७ वर्ष मुनिका बालक छन। एक जना १७ वर्षका,दुई जना १६ वर्षका,एक जना १५ वर्षका र एक जना १४ वर्षको बालक रहेको प्रहरीले जनाएको छ।  

घटनामा १३ जनाको संलग्नता भएको पाइए पनि अन्य फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले आरोपीले प्रयोग गरेका मोटरसाइकल पनि बरामद गरेको छ।  

बुधबार राती कञ्चन गाँउपालिकाको एक स्थानमा भएको सांस्कृतिक कार्यक्रम हेरेर फर्कदै गरेको गर्दा कञ्चन गाँउपालिका २ स्थित बाटोमा ११÷१२ जनाको युवाहरुको समूहले अपहरण गरी जंगल छेउको खोला किनारमा लगी जबरजस्ती करणी गरेको स्थानीयले प्रहरीलाइ बताएका छन। मोटरसाइकलमा आएका युवाहरुको समूहले हतियार देखाइ कुटपिट गरेर युवतीसंगै रहेका आफन्तलाइ समेत घाइते बनाएको र युवतीहरुलाई जंगलमा लगी जबरजस्ती गरेको बताइएको छ।  

घटनाबारे स्थानीयले प्रहरीलाइ खबर गरेपछि इलाका प्रहरी कार्यालय रुद्रपुर,सुर्यपुरा र सालझण्डीको टोली तत्काल घटना स्थलमा खटिएको डीएसपी अर्यालले बताए। तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले किशोरीहरुलाइ जंगल छेउको खोला किनारबाट उद्यार गरीएको जनाएको छ।  

प्रकाशित: १७ कार्तिक २०७९ १२:३८ बिहीबार

बलात्कार