समाज

सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

सरकारी कार्यालय खुल्ने समय बुधबारदेखि एक घण्टा छोटिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङले जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको बताए।

उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन्। शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छन्।

प्रकाशित: १६ कार्तिक २०७९ १२:४६ बुधबार

सरकारी कार्यालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय