समाज

उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन

साझा पर्वका रुपमा रहेको छठको चौथो तथा अन्तिम दिन सोमवार बिहान कपिलवस्तुमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अध्र्य दिएर समापन गरेका छन्।

कपिलवसस्तु नगरपालिका– ३ स्थित जमुहरा नाला र रामाट नदी, कृष्णनगर बहादुरगंज लगायतका ताल तलैयामा उनीहरुले बिहान अस्ताउदो सुर्यको बिशेष पुजापठा गरेका थिए। पर्वको चौथो दिन आज व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी साँझ गरेको क्रम दोहोर्याइ प्रातः कालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका हुन्।

हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइने गरिएको छ। छठ पर्वका अवसरमा सामेवार जिल्लाको अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अर्घ दिएका थिए। यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरीसूर्यलाई अर्पण गर्ने गरिन्छ।

आईतावर गरेकै विधि सामेवार विहान उदाउँदो सूर्यलाई अर्घ दिइ समापन गरिएको छ। बिशेष पुजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए। छठमा उपबास बसी  पुजाआजा गर्नाले पारिपार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ। छठका अवसरमा चढाइएका प्रसाद समेत बितरण गर्नें गरिन्छ।

तराईको हिन्दू धर्मावलम्बीहरुबीच अत्यन्त लोकप्रिय रहेको छठपर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतिकको रुपमा मानिएको छ। पुर्वी तराईमा मात्र मनाइने छठपर्व पछिल्लो समय अवध, भोजपुरा, पडाडमा समेत बिस्तार हुदै गएको छ। जनजाति, दलित, मधेसी, पहडाडी समदाय मिलेर छठ पर्व मनाईएको कपिलवसतु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए।

प्रकाशित: १४ कार्तिक २०७९ ०७:३५ सोमबार