समाज

उदाउँदो सुर्यलाई अर्घ्य दिएर छठ समापन गर्दै ब्रतालु

छठ पर्वको आज अन्तिम दिन ब्रतालुहरु उदाउँदो सुर्यलाइ अर्घ्य दिएर छठ पर्व समापन गरेका छन। गत बिहीबार गोवर्धन पूजादेखि सुरु भएको छठ पर्वको पचौ दिन सोमबार बिहान उदाउँदो सुर्यलाइ अर्घ्य दिएर ब्रतालुहरु औपचारिक रुपमा छठ समापन गरेका छन।

रौतहट सदरमुकाम गौरसहित जिल्लाका अन्य नदि, पोखरी तथा जलासयमा निर्माण गरिएको छठ घाटमा ब्रतालुहरु ३६ घन्टा लामो निर्जल र निराहार बसेर आइतबार अस्ताउदो सुर्यलाई अर्घ दिएका थिए।  

ब्रतालुहरुले आफ्नो श्रीमान र सन्तानको भलो हुने उदेश्यले गर्दै आएको छठ ब्रतलाइ सोमबार बिहानीको उदाउँदो सुर्यलाइ ठेकुवा, कसार, नारिवल, उखु, अदुवा, केरा लगायतका फलफुल सहितका विभिन्न परिकारले बनाइएको प्रसादलाउ अर्घ दिएर ब्रतलाइ समापन गरेका छन। 

प्रकाशित: १४ कार्तिक २०७९ ०१:२२ सोमबार

छठ पर्व