समाज

नाबालिका जबरजस्ती करणीका अभियुक्त १० वर्षपछि पक्राउ

नौ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फरार अभियुक्त १० वर्षपछि पक्राउ परेको छ। शितगंगा नगरपालिका वडा नम्बर ६ का शालिकराम थापालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

थापालाई २०६९ कार्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत अर्घाखाँचीले १५ बर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला पछी फरार रहेका थापालाई जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर ४ चाक्लामा लुकी छिपी बेसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

कमला थापा (नाम परिवर्तित) लाई जबरजस्ती करणी गरेर फरार रहेका थापा सजायका लागी पक्राउ परिरहँदा पिडित बालिका १९ वर्षकी भएकी छिन्।

प्रकाशित: १२ कार्तिक २०७९ ०८:१५ शनिबार

पक्राउ