समाज

गोरखा अस्पतालमा ड्यूटीमा रहेका डाक्टर कुटिए

फोटो: गोरखा अस्पताल।

गोरखा अस्पतालमा बिरामी चेकजाँच गर्दै गर्दा डाक्टर अबिनास पराजुली कुटिएका छन्। आईतवार दिउँसो करिब साँढे चारबजेतिर अस्पतालमा थाईराईड उपचार गराउन आएका बिरामीको आफन्तले डाक्टरलाई कुटपिट गरेको अस्पतालले जनाएको छ।

रिपोर्टको विषयलाई लिएर डाक्टरमाथि कुटपिट भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताए। घटनाबारे उनले थप कुरा बोल्न चाहेनन्।  

अस्पताल ब्यवस्थापन समितिले घटनामा संलग्नको खोजी गरि कानुनी कारवाही गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए। ड्यूटीमा रहेका बेला चिकित्सकमाथि कुटपिट भएको बिषयमा उजुरी परेको र संलग्नहरुको खोजी भईरहेको डिएसपी लिलाराज लामिछानेले बताए।

तीन जनाको समुहमा रहेका युवाहरुले डाक्टरलाई कोठाभित्र थुनेर कुटपिट गरी मोटरसाईकल चढेर भागेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७९ १३:४८ आइतबार

गोरखा अस्पताल