समाज

स्वास्थ्य राज्य मन्त्री केसीलाई आईसीयूमै चिकित्सकको निगरानीमा राखिने

फाइल तस्बिर।

स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री हीराचन्द्र केसीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। डेंगु संक्रमण पुष्टि भएपछि वीर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको हो।

यसअघि  केसी टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए। वीर अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतले केसीको स्वास्थ्य अवस्था सामान्य रहेको नागरिक न्युजलाई बताए।

उनले भने, 'उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। एक दुईदिन आईसीयूमै डाक्टरको निगरानीमा राख्छौं।’ केसीलाई थप अब्जरबेसन गर्नुपर्ने भएकाले आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। केसीको प्लेटलेस, हीमोग्लोबिन र सुगरको मात्रा सामान्य छ। चिकित्सकका अनुसार ब्लडप्रेसरको मात्रा पनि ठिक छ।

प्रकाशित: ४ कार्तिक २०७९ ०८:३९ शुक्रबार

स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री हीराचन्द्र केसी टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल