समाज

भिरबाट चिप्लिएर लड्दा अर्घाखाँचीमा एक वृद्धको मृत्यु

अर्घाखाँचीको भुमिकास्थानमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ। जिल्लाको भूमिकास्थान नगरपालिका–१, ढाकाबाङका अन्दाजी ७२ बर्षिय विरबहादुर गमालको मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार भूमिकास्थान नगरपालिकाको धारापानीस्थित साईनरेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको मृत्यु भएको हो। गमाल बाटोदेखी झण्डै ८० मिटर तल चिप्लिएर खसेको प्रहरीको भनाई छ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।

प्रकाशित: ३ कार्तिक २०७९ १०:४५ बिहीबार

मृत्यु