समाज

पदमार्ग निर्माणमा गएका मजदुरको लेक लागेर मृत्यु

गोरखाको धार्चे स्थित रुपिनाला पदमार्ग निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ। प्रसिद्ध पर्यटकीय पदमार्ग मार्ग रुपीनाला पासमा बाटो खन्ने क्रममा चुमनुब्री गाउँपालिका वडा नं ३ का २९ वर्षीय इमान गुरुङको मृत्यु भएको हो।  

बाटो  निर्माण गर्न गएका उनको बुधबार राती मृत्यु भएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले बताए। लेक लागेर मृत्यु भएको अनुमान गरिएको छ। प्रहरीले भने घटनाबारे ढिला गरी जानकारी आएकाले त्यसतर्फ जाँदै गरेको जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०७९ ०७:३१ बिहीबार

मृत्यु