समाज

भारतीय नागरिकको फ्ल्याटबाट झण्डै ४२ लाख रुपैयाँसहित दुई जना पक्राउ

प्रहरीले अवैध हुन्डी कारोबारमा संलग्न दुई जनालाई झण्डै ४२ लाख रुपैयाँसहित  पक्राउ गरेको छ।  

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ ५ बजेको समयमा काठमाडौँको ढल्कोबाट ३७ वर्षीय नविन गोयल र  ४५ वर्षीय उमेश महेश्वरीलाई पक्राउ गरेको हो।  

उक्त टोलीले भारतीय नागरिक बाल चन्द्र सरावगीको फ्ल्याटमा हुण्डी गर्ने प्रयोजनको लागि संकलित ४१ लाख ९६ हजार रुपैयाँ नगद बरामद समेत गरेको हो।

पक्राउ परेका गोयल भारत हरियाणा प्रदेशका हुन्। उनी ढल्कोमै बस्दै आएका थिए। उमेश  कपिलवस्तुको कृष्णनगर घर भइ ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए।  आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २ कार्तिक २०७९ १२:३८ बुधबार

पक्राउ