समाज

शारीरिक अपाङ्गता भएकाहरु भन्छन्: महानगरले व्यवस्थापन गरिदिए फुटपाथमा बस्दैनौं

फुटपाथमा  गीत गाउन पाउनु पर्छ भन्दै काठमाडौँ महानगरपालिका अगाडि दृष्टिविहिन र शारीरिक अपाङ्गता भएका व्यक्तिहरु आन्दोलित भएका छन् ।

बुधबार काठमाडौँ महानगरकाको कार्यलय अगाडि माहनगरले शारीरिक दुर्बल र दृष्टि विहिनहरुको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन् ।

उनीहरूले महानगरले फुटपाथबाट उठाएर गरिबहरूको रोजी रोटी खोसिएको बताए। धेरै पटक ज्ञापन पत्र बुझाए पनि सुनुवाई नभएको उनीहरूको गुनासो थियो। 'सडक खाली गर्न मन छ तर विकल्प खोजिदिनुस्।' एकले भने।

उनीहरूले बालेनको गीत'गरिबको चमेली बोल्दिने कोही छैन' का शब्दहरु प्रति प्रश्न चिह्न खडा गरेका छन् । उनीहरूले महानगरद्वारा व्यवस्थापन गरिदिए फुटपाथमा नबस्ने बताए ।

प्रकाशित: २ कार्तिक २०७९ १०:११ बुधबार