समाज

ताप्लेजुङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङमा एक पछि अर्को दुःखद् घटना भएका छन्।

बुधबार बिहान साढे १० बजे तिर घाँस काट्न गएका फुङलिङ नगरपालिका वडा नं ६ बतासे बस्ने चन्द्र भनिने ५० वर्षीय लालबहादुर गुरुङको लडेर मृत्यु भएको छ। आफ्नै बारीमा घाँस काट्न गएका उनी कान्लाबाट लडी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले जानकारी दिए।

यस्तै गए राति मैवाखोला गाउँपालिकाको वडा नं २ को तेल्लाबुङबाट वडा नं ५ फाकुम्बातर्फ जाँदै गरेको ट्याक्टर वडा नं ४ साँघुको याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा दुर्घटनामा हुँदा दुई घरका दाजुभाई तथा दिदीबहिनी गरी ४ जनाको मृत्यु भएको थियो।

०२–०३–००१ त ५६५५ नम्बरको ट्याक्टर दुर्घटनामा परी मैवाखोला गाउँपालिका वडा नं ५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा, निजका सहोदर भाइ २४ वर्षीय फुर्वा शेर्पा तथा मैवाखोला गाउँपालिका वडा नं ४ ओदक बस्ने पासाङ छेटु शेर्पाका छोरीद्धय १७ वर्षीय लाकी शेर्पा र २२ वर्षीय शर्मिला शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७९ ०९:१७ बुधबार

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ