समाज

भाइटिकाको उत्तम साइत सार्वजनिक

पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ। यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ ।

समितिका अनुसार भाइटिकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो।

टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ। समितिले नेपाल बाहेकका देशमा पनि कुन समयमा भाइटिका लगाउन सकिन्छ भनेर पनि उल्लेख गरेको छ।

प्रकाशित: ३१ आश्विन २०७९ १०:०२ सोमबार

भाइटिकाको उत्तम साइत अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समिति