समाज

पासोमा फसेको चितुवाको उद्धार

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ स्थित तिलौराकोट साझेदारी वन क्षेत्रभित्र स्थानीयले राखेको पासोमा फसेको चितुवालाई उद्धार गरिएको छ।

स्थानीयले बदेलका लागि राखेको पासोमा तिलौरी गाउँको बाणगंगा नदी छेउमा चितुवा फसेको थियो। पासोमा चितुवा परेको बारे स्थानीयले डिभिजन वन कार्यालय कपिलवस्तुलाई जानकारी गराएका थिए।

वन कार्यालयका कर्मचारीहरुको टोली घटना स्थलमा पुगेर आइतबार दिउँसो पासोमा परेको चितुवालाई उद्धार गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन सयान्डील्यले बताए।

पासोमा परेको चितुवालाई पशु चिकित्सकहरुको मद्दतले डार्क गरी उद्धार गरिएको थियो। पासोमा परेको चितुवा ५० केजीको र ३१ इन्च अग्लो र ७५ इन्च लामो छ।

प्रकाशित: ३० आश्विन २०७९ १२:५३ आइतबार

डिभिजन वन कार्यालय कपिलवस्तु नगरपालिका