समाज

स्रोत नखुलेको १३ लाखसहित गाडी चालक पक्राउ

कपिलवस्तुको सिमावर्ती क्षेत्र कृष्णगनरमा स्रोत नखुलेको १३ लाख नगदसहित एक जना गाडी चालक पक्राउ परेको छ। प्रहरीले लु १ ख २३९७ नम्बरको बसमा स्रोत नखुलेको १३ लाख ८ सय रकम प्रहरीले बरामद हो। 

कृष्णनगरबाट चन्द्रौटा तर्फ जाँदै गरेका सो बसको बोनटको भागमा भारतीय पत्रिकाले बेरिएको अवस्थामा नेपाली रुपैयाँ फेला परेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए। सो गाडीका चालक प्युठान नगरपालिका ८ मानागाँउका शुशिल बहादुर पुन मगरलाई पक्राउ गरिएको उनले बताए। 

चालक पुनलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका तथा आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको ईलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेयले बताए। बरामद गरिएका नोटहरुमा हजारको नोट १ हजार थान, ५ सयका नोट ६ सय थान, र रु.१ सय को नोट ८ थान छन्।

प्रकाशित: ३० आश्विन २०७९ १२:३७ आइतबार

पक्राउ