समाज

धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट कटुवा पेस्तोलसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुर छन्। उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।  

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र २–०१–००२ प ३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरको साथमा उक्त पेस्तोल भेटिएको थियो। प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोलासहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित: ३० आश्विन २०७९ १२:१९ आइतबार

कटुवा पेस्तोल