समाज

सत्यमोहन जोशीको शरीर अध्ययनका लागि अस्पतालमै राखिने

शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ।

यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।

जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ।

१०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको थियो। किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

https://nagariknews.nagariknetwork.com/others/177275-1556337720.html

प्रकाशित: ३० आश्विन २०७९ ०४:२२ आइतबार

शताब्दीपुरुष सत्यमोहन जोशी