समाज

गेष्ट हाउसमा युवकको शव फेला

सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्ट हाउसमा फेला परेको छ।

विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए। सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो।

असोज २६ गते गेष्ट हाउसमा प्रवेश भएको दखिएको र सिरहाबाट अपहरण गरेको प्रहरी निरीक्षक कोइरालाले आशङ्का व्यक्त गरे। प्रहरीले उक्त हत्या घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको छ।रासस

प्रकाशित: २९ आश्विन २०७९ ०६:०३ शनिबार

शव फेला