समाज

जुम्ला सडक खण्डको पहिरो पन्छाउन सुरु

जुम्ला सडक खण्डको पहिरो पन्छाउन सुरु। तस्बिर: ललित/नागरिक

अविरल वर्षाका कारण कालिकोटको जनजीवन प्रभावित बनेको छ। कालिकोट र जुम्ला सडक खण्डमा ठाउँ ठाउँमा ठूलो पहिरो गएको छ। 

बाढी पहिरोले जुम्ला–कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन बन्द छ। कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो बगाएको छ। यस्तै कालिकाकोटको तिलागुफा नगरपालिकाको विभिन्न ठाउँमा पहिरोले राजमार्ग अवरुद्ध भएको छ।  

सो क्षेत्रमा सडक डिभिजन कार्यालय,जुम्ला र स्थानीय प्रशासन,नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरी र्शामाले बताए। उनले भने, ‘कालिकोटको सेरिघाटको पुल नजिकैको सडकमा बलास्टिङ गर्न थालिएको छ। पहिरोले पुरै सडक बगाएको हुदा डकमा बलास्टिङ गर्न सुरु गरिएको हो। उता जुम्ला खण्डमा पनि जुम्लाबाट काम सुरु भएको छ।’ मान्मदेखि पिलिसम्मको सडक भने सफारहेको उनले जानकारी दिए।

अहिले सो क्षेत्रमा सडक डिभिजन कार्यालय जुम्ललाले बलास्टिङ गर्ने काम सुरु गरेको छ। कालिकोट देखि सुर्खेतसम्म मध्यपहाडि राजमार्गबाट यातायता सुचारु गरिएको छ। कर्णाली करिडोरको रेंङगिल, लार्फ, फुगाड,सान्नतीघाट,आम्तडालगाएतका ठाउँमा पहिरोले सडक पुरै बन्द रहेको स्थानीयले बताएका छन्।

प्रकाशित: २८ आश्विन २०७९ १२:५५ शुक्रबार