समाज

सशस्त्रमा सूचना चुहावट प्रकरण: आरोप पुष्टि नभएपछि नरेशसिंह साहूले पाए सफाइ

दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेशसिंह साहुले सफाई पाएका छन्। 

त्यहाँका गणपति त्रिभुवन बिष्टले राशनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी मूख्यालयले साहुविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा मुद्दा दर्ता गरी कारवाही गरिएकोमा सो कारवाही फूकुवा भएको सशस्त्र प्रहरी बलले जनाएको छ।    

हवल्दारलाई विशेष कानुन लगाएर पूर्पक्षका लागि जेल पठाइएको थियो। उनलाई लागेको आरोप पुष्टि नभएपछि हिरासत मुक्त गरिएको छ।

प्रकाशित: २७ आश्विन २०७९ ११:१२ बिहीबार