समाज

अर्घाखाँचीमा वर्षाले दुई सय बढी घरमा क्षती,एकको मृत्यु एक बेपत्ता

एक सातासम्म परेको अविरल वर्षाका कारण अर्घाखाँचीमा दुई सय बढी घरमा क्षती पुगेको छ। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्यांक अनुसार जिल्लाभर पूर्ण र आंशिक गरि २ सय तिन ३ घरमा क्षती पुगेको हो। यस मध्ये २० वटा घर बस्नै नमिल्ने गरि भत्किएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए।

उनका अनुसार सन्धिखर्क, शितगंगा, मालारानी, छत्रदेव र पाणिनीमा अहिले पनि १ सय ११ घरपरिवार विद्यालय , र प्रतिक्षलयमा बसेका छन्। पहिरोको जोखिममा परेर सार्वजनिक स्थानमा बसेका नागरिकलाई स्थानीयतहले न्युनतम खाद्यान्न उपलब्ध गराउने र विस्थापितलाई पायक पर्ने ठाउँमा बसाल्ने ठाउँको खोजि गरी छिट्टै व्यवस्थापन गरीने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

यस्तै सन्धिखर्कका एकजना बालक खोलाले बगाउँदा अझै बेपत्ता छन्। असोज १९ गते टिकाको दिन खोलाले बगाएका सन्धिखर्क नगरपालिका वडा नम्बर–७, खीकोट किटेनी निवासी १० वर्षीय समिर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले बगाएको थियो। उनी आजसम्म भेटिएका छैनन्।  

यस्तै छत्रदेवमा १ जनाको खोलाले बगाएर मुत्यु भएको छ। यही असौज २५ गते स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर–३ का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको थियो। पहिरोले केहि पशुचौपाया र कुखुरा समेत मरेका छन्।

प्रकाशित: २७ आश्विन २०७९ ०७:४८ बिहीबार

पहिरो