समाज

व्यापारीलाई धम्काउँदै रकम माग गर्ने एक जना पक्राउ

विराटनगरका व्यापारीलाई धम्काउँदै रकम माग गरेको आरोपमा एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।  

विराटनगर महानगरपालिका–२ का २९ वर्षीय रविन घिमिरेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। घिमिरेले आफू प्रहरीको हाकिम हुँ भन्दै धम्क्याएर व्यापारीसँग रकम माग गर्ने गरेकाले पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए।  

विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ परेका घिमिरेविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७९ १७:०४ बुधबार