समाज

अर्को हप्तासम्म मनसून कायमै रहने

जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराएका हुन्। विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताए। वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिए पनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पारे। वर्षात् सकिए पनि त्यसको जोखिम भने कायमै रहन सक्ने उनँको  भनाइ थियो।  

वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘अहिले तत्कालै आज भोलीनै मौसम बाहिरिने सम्भावना छैन्। तथापि सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ। अव हामी कहिले मौसम बाहिरिन्छ भन्ने सन्दर्भमा चाँही मौसमी सिष्टमलाई निरन्तर अनुगमन गरिराखेका छौं। बाहिरिने अवस्था भएपछि हामी सार्वजनिक गर्छौं उचित समयमा। अव धनमालमै क्षति हुने अथवा कुनै त्यस्तो जोखिम निम्त्याउने भनेको मनसुनी वर्षाले मात्रै हुँदैन। मनसुन पछाडिका अरु समयमा पनि त्यस्ता खालको मौसमी गतिविधिहरु हुन सक्छ। त्यसकारणले मौसम सकिएपनि त्यस्ता जोखिम निम्तन नसक्ने भन्ने चाँही होइन। ’

विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ ? भन्ने बारे हिउँदा याम सुरु हुनु अघि नै जानकारी दिने पनि बताएको छ। वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताए। उनले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताए।  

रेग्मीले भने, ‘भर्खर मौमस सकिदैछ अहिले। जल तथा मौसम विज्ञान विभागले अव आउँदो हिउँद कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्ने चाँही हामीले डिसेम्बर, जनवरी र फेबु्रअरी महिनालाई हामी हिउँदको मौसम भन्छौं। हिउँदमा वर्षातको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई हामी डिसेम्बर अगाडि नै सार्वजनिक गर्छौं।’

प्रकाशित: २६ आश्विन २०७९ ११:२५ बुधबार

जल तथा मौसम विज्ञान विभाग