समाज

बारामा एकै परिवारका तीन जनाको शव फेला

बाराको प्रसौनी गाउँपालिका–५ प्रष्टोमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।

प्रष्टो गाउँ भन्दा करिब २ किलोमिटर टाढा रहेको ढोरा खोला किनारमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७९ ११:०५ बुधबार

मृत