समाज

केटा साथीसँग होटलमा बस्न गएकी युवतीको शंकास्पद मृत्यु

काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा केटा साथीसँग बस्न पुगेकी युवतीको शंकास्पद मृत्यु भएको छ।  

उनलाई जलेको अवस्थामा वीर अस्पताल पुर्‍याइएपनि त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा युवतीको मृत्यु भएको हो।  

काठमाडौं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार अस्पतालले युवतीको जलेर मृत्यु भएको बताएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार चाबहिल बस्ने ती युवती बाराको सिमराका केशव रिजालसँग बस्न पुगेकी थिइन्।

पक्राउ पर्नेमा रिजाल र होटलका एक कर्मचारी रहेका छन्। पक्राउ परेका दुवैलाई ५ दिन म्याद थप गरिएको र घटनाबारे थप छानबिन भइरहेको एसपी मैनालीले बताए।

प्रकाशित: २६ आश्विन २०७९ ०९:३३ बुधबार