मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा खर्च गर्न नक्कली रुपैयाँ प्रयोग गर्ने उदेश्यले नक्कली रुपैयाँ कारोबारीहरु सक्रिय बन्दै गएका छन्।
असोज महिनामा मात्रै बारा प्रहरीले सिम्रौनगढ क्षेत्रबाट दुई पटकमा गरेर नौ लाख ८१ हजार नक्कली नेपाली रुपैयाँ सहित चार जना कारोबारीहरुलाई पक्राउ गरेको थियाे। तेस्तै सोमबार मात्रै नौ लाख नक्कली नेपाली रुपैयाँ सहित पक्राउ परेका एक भारतीय सहित तीन जना कारोबारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएकोमा भारत बिहार मोतिहारी पिप्राकोठीका रंजित मुखिया, सिम्रौनगढ नगरपालिका २ का नन्दलाल मुखिया र कलैया उपमहानगरपालिका १५ का सैनुल्लाह अंसारी र रहेको प्रहरी उपरीक्षक होबिन्द्र बोग्टीले बताए।
सिम्रौनगढ नगरपालिका ५ कनचनपुर टोल अस्थित सडकमा भारतीय नम्बर प्लेटको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकलमा सवार भारतीय नागरिक मुखियाबाट नौ लाख नक्कली नेपाली रुपैयाँ बरामद भएको बोग्टीले बताए।
नक्कली नेपाली रुपैयाँ सहित पक्राउ परेका भारतीय नागरिकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा कारोबारमा नेपाल तर्फ रहेका अंसारी र मुखियाको समेत संलगन्ता रहेको बोग्टीले जानकारी दिए।
बरामद गरिएको रुपैयाँमा हजार दरको ९०० थान रहेको र नक्कली नेपाली रुपैयाँ आधुनिक फोटोकपी मेसिनबाट फोटोकपी गरिएको हुन सकिने बोग्टीले बताए।
चाडपर्व र चुनावमा कारोबारीहरुले भारतबाट नेपाली नक्कली रुपैयाँ भित्रियाउन सकिने सम्भावनालाई मध्यनजर गर्दै सीमा नाकाहरुमा चेकजाँच गर्दा नक्कली नेपाली रुपैयाँ सहित साे कारोबारीहरुलाई पक्राउ गर्न सकिएको बोग्टीले बताए।
सिम्रौनगढ नाकाबाट नक्कली नेपाली रुपैया भित्रियाउने समुहको मुख्य नाईके पहिचान गरिएको र त्यसलाई समेत नियन्त्रणमा लिन प्रहरी लागि परेको प्रहरी उपरीक्षक बोग्टीले बताए। पक्राउ परेका नुनियालाई कसले नक्कली नेपाली रुपैयाँ दिएको र नक्कली रुपैयाँलाई यिनीहरुले कसरी चलाउने गरेको त्यसको अनुसन्धान समेत शुरु गरिएको उपरीक्षक बोग्टीले बताए।
पाँच लाख नेपाली रुपैयाँमा १७ लाख नक्कली नेपाली रुपैयाँ आउने गरेको र त्यसको बारोबारीहरुले नेपाली रुपैयाँको गडीमा त्यसलाई मिसाएर चलाउने गरेको बोग्टीले बताए। असोज पहिलो हप्ता पनि सिम्रौनगढ नगरपालिका ५ का जगदेव महतो नुनियाको घरबाट बारा प्रहरीले ८२ हजार पाँच सय नक्कली नेपाली रुपैयाँ बरामत गरेको थियो।
गत बर्ष मात्रै सिम्रौनगढ क्षेत्रबाट दुई लाख ७५ हजार र तीन लाख एक हजार गरेर चार लाख ७६ हजार बरामत नक्कली रुपैयाँ बरामत गरिएको बोग्टीले बताए।
गत बर्ष बरामत गरिएको रुपैयाँ र अहिले बरामत गरिएको नक्कली रुपैयाँको मूख्य कारोबारीहरु एउटै रहेका छन कि अल्ग अल्ग व्यक्ति रहेका छन्। त्यसको समेत अनुसन्धान गरिएको उनले बताए।
प्रकाशित: २४ आश्विन २०७९ ११:३९ सोमबार