समाज

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु,दुई जना बेपत्ता

फाइल तस्बिर

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो।  

कनकासुन्दरी गाउँपालिका - ५ बारकोटेबाडामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

यस्तै पहिरोमा पुरिएका दुई जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। 

अवस्था गम्भीर भएका उनीहरुलाई हेलिकप्टबाट उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको प्रजिअ केशरीले बताए।

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

प्रकाशित: २२ आश्विन २०७९ ०४:३१ शनिबार

जुम्लामा पहिरो