समाज

चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँको चन्द्रागिरि नगरपालिका २ तल्लो मसिनेमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान साढे एक बजे चन्द्रागिरि मसिने स्थित ध्यानकेन्द्र पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो। मृतकहरूमा श्रीमान-श्रीमती र छोरी छन्।

मृतक काभ्रे धुलिखेल नगरपालिका-१२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीय रेखा र डेढ वर्षीया छोरी सारफी तीन वर्ष यता चन्द्रागिरिमा घर बनाएर बस्दै आएका थिए।

प्रकाशित: २१ आश्विन २०७९ ०३:५१ शुक्रबार

पहिरो