समाज

सारेवुङमा अलपत्र १८ नेपाली र दुई जर्मन नागरिकको सकुशल उद्धार

काठमाडौं- सारेबुङ हिमाल पासमा अलपत्र परेका १८ नेपाली सहित २ जना जर्मन नागरिकलाई सकुसल उद्धार गरिएको छ। सारेबुङको साउथ मोहडाबाट हेलिकोप्टरबाट उद्धार गरिएका उनीहरुलाई मनाङको फु गाविसमा ल्याएको थियो।


स्वास्थयमा समस्या देखिएका दुई जर्म नागरिक जर्मन नागरिक ४८ वर्षीय टोबिएस ग्रोइनन र उनकी ४४ वर्षीया श्रीमती गुर्टन इंग्रीट्जीएरमन र नुवाकोट लच्याङ ३ का होम बहादुर घलान र लच्याङ २ कै आइते तामाङलाई थप उपचारको लागि चामेबाट हेलिकोप्टरबाट काठमाडौं पठाइएको मनाङका डिएसपी जगननाथ गौतमले नागरिकन्युजलाई बताए। टोबियस नेशनल जियोग्राफीका पत्रकार हुन्।

अन्य १६ जना भने फु गाविसमा रहेको गुम्बाबाट हिंडेर चामे आउँदै गरेको गौतमले बताए। फुबाट हिँडेर चामे आइपुग्न दुई दिन लाग्छ।

मुस्ताङको दामोदरकुण्डबाट हिँडेका उनीहरु ६,३४६ मिटर अग्लो सेरेबुङ पार गरेर मनाङको फु गाविस निस्कने क्रममा उनीहरु हुरीबतासका कारण शुक्रबार बिहानबाट सारिबुङको ५९२० मिटर उचाइको दक्षिण मोहडामा अलपत्र परेका थिए।

हुरीले उनीहरुको टेन्ट र बन्दोबस्तीको सामान उडाएको थियो। हिजो र आजको लामो प्रयास पछि उनीहरुलाई सकुसल उद्धार गर्न सकिएको ट्रेकिङको प्रबन्ध गरेको फ्रेन्डस एडभेन्चरका प्रवन्ध निर्देशक राजेन्द्र बहादुर लामाले नागरिकन्युजलाई बताए। उनका अनुसार दिउँसो २ बजे सम्मा सबैलाई उद्धार गरिसकिएको थियो। उनका अनुसार काठमाडौं ल्याइएका चार जनाको स्वास्थ्य पनि सामान्य रहेको छ। घटनाको खबर आउना साथ दुई वटा हेलिकप्टर त्यस तर्फ पठाएको भए पनि मौसम खरावीका कारण अवतरण हुन सकेको थिएन। शनिबार बिहानै बाट उद्धारकार्य थालिएको थियो।

टोलीमा जर्मन नागरिक ४४ वर्षीय टोविस ग्रोनेन र ४८ वर्षीय गुडरून इन्ग्रिडको सहित १३ जना भरिया, १ जना गाइड, १/१ क्लाइम्विङ शेर्पा र वेसक्याम्प शेर्पा र १ जना कुक रहेका थिए।

प्रकाशित: १ जेष्ठ २०७३ ०५:३७ शनिबार